×

माओवादी केन्द्र सहित पाँच कम्युनिस्ट घटकहरुले काठमाडौंमा संयुक्त प्रदर्शन गर्ने

images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) सहित पाँच कम्युनिस्ट घटकहरुले काठमाडौंमा संयुक्त प्रदर्शन गर्ने भएका छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा आज (शनिबार) बसेको बैठले संयुक्त प्रर्दशन गर्ने निर्णय गरेको हो ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंह, र नेकपा (क्रान्तिकारी माओवादी) का कार्यवाहक महासचिव सीपी गजुरेललगायत शीर्ष नेताहरू सहभागी थिए ।

नेकपाका प्रवक्ता विश्वकर्माले प्रदर्शनका लागि ठोस कार्यक्रम बनाउन सबै पार्टीबाट २÷२ जना रहनेगरि कार्यदल समेत बनाइएको बताए । ‘इजरायलले प्यालेस्टाइनमाथि र अमेरिका इजरायलले इरानमाथि जुन हमला गरे त्यसको विरोधस्वरुप हामीले राष्ट्रिय नाच घरमा एउटा ठूलो अन्तरक्रिया गरेका थियौँ, त्यसको समीक्षा गर्‍यौं । कार्यक्रम राम्रो रह्यो। सन्देश बाहिर राम्रो गयो भन्ने निष्कर्ष निकालेका छौं,’– उनले भने, ‘साम्राज्यवादी युद्ध र आक्रमणका विरुद्धमा छिट्टै काठमाडौँमा ठूलो प्रदर्शन गर्ने भन्नेमा पुगेका छौँ। त्यसका निम्ति सबै पार्टीबाट दुई÷दुई जना रहनेगरि कार्यदल गठन भएको छ। कार्यदलको पर्सि बैठक बस्छ र ठोस कार्यक्रम बनाउँछ।’

आइतबार​ २२ असार २०८२ ११:४१ AM मा प्रकाशित

प्रतिक्रिया