काठमाडौं साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक १.०३ अंकले बढेर २६११.४३ को विन्दुमा कायम भएको छ।
कारोबार भएका १२० कम्पनीको सेयर मूल्य बढ्दा १२६ कम्पनीको सेयर मूल्य भने घटेको छ । यसदिन ३१८ कम्पनीको २ करोड ५ लाख ४२ हजार ७६४ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७४ करोड माथिको कारोबार भएको छ ।
नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सबैैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् । यसपछि क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ९.९९ प्रतिशत र ओम मेगा श्रीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् ।
सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावरको ९२ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ६७ करोड ३२ लाख रुपैयाँ र राधि विद्युत कम्पनीको ३८ करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले यसदिन १० प्रतिशतका दरले गुमाएका छन् ।
प्रतिक्रिया