काठमाडौं । भारतीय गायक तथा ‘इन्डियन आइडल १२’ का विजेता पवनदीप राजन सवारी दुर्घटनामा परेका छन् । हिजो सोमबार बिहान करिब २ः३० बजे उत्तर प्रदेशको अमरोहा जिल्लाको गजरौला थाना क्षेत्रको राष्ट्रिय राजमार्ग–९ मा उनी सवार कार दुर्घटना भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार कार दुर्घटना परेका पवनदीपको अवस्था गम्भीर छ । पवनदीपको हात खुट्टासहित शरीरका विभिन्न भाग चोट लागेको छ । उत्तराखण्डबाट दिल्लीतर्फ जाँदै गर्दा उनी सवार एमजी हेक्टर कार सडक किनारमा पार्क गरिएको कन्टेनरसँग ठोक्किएको थियो ।
दुर्घटनामा पवनदीप, उनका चालक राहुल सिंह बोहरा र अर्का यात्रु अजय मेहरा गम्भीर घाइते भएको छ। तीनै जना उत्तराखण्डको चम्पावत जिल्लाका बासिन्दा हुन् । दुर्घटना चालक निदाएका कारण कारले तीव्र गतिमा पार्क गरेर राखिएको कन्टेनरसँग ठोक्किएको प्रारम्भिक अनुसन्धानमा खुलेको जनाइएको छ।
प्रतिक्रिया