×

सुनको आयातमा कडाई, अब दैनिक १० किलोग्राम मात्र ल्याउन पाइने

images

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा घटाएको छ । राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८ संशोधन गर्दै सुन आयातको कोटा घटाएको जनाएको हो । 

राष्ट्र बैंकका अनुसार अब दैनिक १० किलोग्राम मात्र सुन आयात गर्न पाइनेछ । यसअघि दैनिक २० किलोग्रामसम्म सुन आयात गर्न पाइन्थ्यो । राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिती कम हुँदै गएपछि सुनको आयातमा कडाई गरिएको जनाएको छ । 


 

आइतबार​ २२ फागुन २०७८ ०४:२१ PM मा प्रकाशित

प्रतिक्रिया