काठमाडौं । जिल्ला अदालत काठमाडौंले मानव बेचबिखनको मुद्दामा मनोज पाण्डेलाई ७ वर्ष कैद सजाय सुनाएको छ।
न्यायाधीश दीपक ढकालको इजलासले सात वर्ष कैद सजाय र पीडितलाई ७५ हजार क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो ।
सरकारी वकिलले भने पाण्डेलाई १० देखि १२ वर्ष कैद सजायको माग गरेका थिए ।
बाल यौन दुर्व्यवहारमा जिल्ला अदालतले पाण्डेलाई ६ महिना कैद र पिडितलाई ५० हजार क्षतिपूर्ति भराउन आदेश गरको थियो।
न्यायाधीश ढकालको इजलासले मानववेचविखन ऐनको दफा ४ उपदफा २ को (ख) बमोजिम कसुर गरेको भन्दै सोही ऐनको दफा १५ दफा १को(छ) ७ वर्ष कैद र पिडितलाई ७५ हजार क्षतिपूर्ति दिलाएको हो।
पाण्डेमाथि ८ वर्षअघि एक सौन्दर्य प्रतियोगिताको नाममा एक किशोरीमाथि बलात्कार गरेको अभियोग थियो । तर बलात्कार मुद्दा दायर गर्न हदम्याद नाघिसकेका कारण पाण्डेमाथि मानव बेचबिखनसम्बन्धी मुद्दा चलाइएको थियो ।
प्रतिक्रिया