×

५०० रुपैयाँले बढ्यो सुनको मुल्य

images

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको भाउ तोक्दै हिजो आइतबारको तुलनामा सुनको मूल्य उकालो लागेकोे हो ।

हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार १०० रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार ६०० रुपैयाँ कायम थियो । जुन, आज ५०० रुपैयाँले बढ्दै छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४ हजार १०० रुपैयाँ कायम थियो ।


यस्तै, आज चाँदीको मूल्य स्थिर कायम भएको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय २० रुपैयाँ कायम थियो । आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
 

सोमबार २३ माघ २०७९ ११:४९ AM मा प्रकाशित

प्रतिक्रिया