×

प्रधानमन्त्री र प्रमुख सचेतकहरूको बालुवाटारमा छलफल सुरु

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र प्रमुख सचेतकहरू छलफलमा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

केहीबेर अघिदेखि प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको  छलफलमा  विधेयकसम्बन्धी छलफल सुरू गरेका हुन्। साथै प्रतिनिधि सभा बैठकलाई प्रभावकारी बनाउने विषयमा प्रमुख सचेतकहरुसँग छलफल आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सोमबार २३ माघ २०७९ ११:२५ AM मा प्रकाशित

प्रतिक्रिया