×

बढ्यो सुनको मूल्य

images

काठमाडौं। नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक हजार ६ सय रुपैयाँले बढेर एक लाख ६८ हजार ५ सय रुपैयाँ पुगेको छ।

बुधबार सुन एक लाख ६६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेको हो। महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ९ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार २४ माघ २०८१ १२:४१ PM मा प्रकाशित

प्रतिक्रिया