×

संसदको पहिलो बैठकका एजेण्डा तय गर्न सर्वदलीय बैठक जारी

images

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सांसद पशुपतिशमेशर जबराले बोलाएको सर्वदलीय बैठक सुरू भएको छ । सदनको पहिलो बैठकको एजेण्डा तय गर्न बोलाइएको बैठक संघीय संसद भवन बानेश्वरमा बसेको हो ।

प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठक २५ पुसमा बस्दैछ । बैठकमा सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा पनि छलफल हुँदै छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तयारी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको २६ पुसमा बस्ने बैठकमा विश्वासको मत लिने व्यवस्था गर्न आग्रह गरेकाले बैठकका एजेण्डा तय गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो ।

र प्रधानमन्त्रीले विश्वासको मत लिएपछि सभामुख चयन गर्ने तयारी छ । हालै सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभामा १२ वटा दलको प्रतिनिधित्व भएको छ । 

शुक्रबार​ २२ पुस २०७९ ०२:२० PM मा प्रकाशित

प्रतिक्रिया