काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित हात पारेको छ । आज भएको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ७ विकेटले हराउँदै जनकपुरले लगातार तेस्रो जित हात पारेको हो ।
पोखराले दिएको १ सय ३९ रनको लक्ष्य जनकपुरले १७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
जनकपुका लाहिरु मिलन्थाले सर्वाधिक ४५ रन बनाए । यस्तै जिमी नीशमले अविजित ४०, आसिफ शेखले ३३ र हर्श थाकरले १३ रन बनाए । पोखराका लागि विपिन खत्री, कुशल भुर्तेल र माइकल लिस्कले समान एक एक विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रनको मध्यम योगफल तयार गरेको थियो । पोखराका लागि मार्कस क्रिच्ट्लीले सर्वाधिक ३५ रन बनाए । यस्तै माइल लक्सले २५, आन्द्रेयस गोसले २०, रेमन रेफरले १७, दिलिप नाथले ११ र दीनेश खरेलले १० रन बनाए ।
जनकपुरका लागि ललित राजवंशीले तीन, जेम्स निसमले दुई तथा मोहम्मद निसम र किशोर महतोले एक विकेट लिए । लगातार तीन खेलमा ६ अंकका साथ जनकपुर लिगको शीर्ष स्थानमा छ । जनकपुरले पहिलो खेलमा विराटनगर किंग्स तथा दोस्रो खेलमा कर्णाली याक्सलाई समान ८ विकेटले हराएको थियो ।
प्रतिक्रिया