काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भारीवर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
आइतबार सामाजिक सञ्जाल एक्समा लेख्दै मोदीले कठिन समयमा भारत सरकार नेपाली जनता र नेपाल सरकारको साथमा रहेको बताउदै आवश्यक पर्ने कुनै पनि प्रकारको सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।
मोदीले लेखेका छन्- 'नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति पीडादायी छ । हामी यस कठिन समयमा नेपाली जनता र नेपाल सरकारको साथमा छौं । एक मित्रवत् छिमेकी र पहिलो रेस्पोन्डरको रूपमा भारत आवश्यक पर्ने कुनै पनि प्रकारको सहयोग गर्न प्रतिबद्ध छ ।'
प्रतिक्रिया