×

एमालेको संगठन- ६४ हजार ७०६ कमिटी, ६ लाख ६२ हजार ९६१ सदस्य

images

काठमाडौँ । नेकपा एमालेको पछिल्लो पार्टी सदस्य ६ लाख ६२ हजार ९६१ रहेको छ । यो  संगठित पार्टी सदस्य संख्या १० औं महाधिवेशन पछि ३० प्रतिशतले वृद्धि भएको एमालेले जनाएको छ ।  

शुक्रबारदेखि शुरु भएको विधान महाधिवेशनमा महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्दै एमालेको सदस्यता संख्या ६ लाख ६२ हजार ९६१ पुगेको जानकारी दिएका हुन् । पोखरेलले प्रतिवेदन पेश गर्दै पार्टी अहिले ६४ हजार ७०६ कमिटीमा रहेको उल्लेख गरेका छन् । 

उनले डेढ लाख सदस्यहरु संगठित हुन बाँकी रहेको बताउँदै पोखरेलले ४ लाख २७ हजार १६ जना विभिन्न कमिटीमा आबद्ध रहेको आँकडा विधान महाधिवेशनमा पेश गरेका छन् ।  

प्रतिवेदनमा जिल्ला, प्रवास, प्रदेश, सम्पर्क मञ्च १०३ जिल्ला कमिटी, महानगर, उपमहमानगर नगरपालिका गाउँपालिका कमिटी १ हजार ६७ कमिटी रहेको र  वडा कमिटी ७ हजार ७६० र टोल कमिटी ५५ हजार ७७६ रहेको उल्लेख छ ।

त्यस्तै प्रदेश अन्तर्गत कोशी प्रदेशमा १४ जिल्ला कमिटी र १३६ पालिका कमिटी छन् भने त्यसैगरी वडा कमिटी १ हजार १५७ र टोल कमिटी ७ हजार १०१ छ । कोशी प्रदेशमा ८ हजार ४०८ कमिटी छन् । त्यसैगरी मधेस प्रदेशका ८ जिल्ला कमिटी, १३६ पालिका, १ हजार २७१ वडा, ६ हजार ५१५ टोल कमिटी गरी कुल ७ हजार ९३० छ । त्यस्तै बागमती प्रदेशतर्फ १३ जिल्ला, १११ पालिका, १ हजार १२१ वडा, १४ हजार २०६ टोलसहित कुल १५ हजार ४५१ कमिटी छन् भने गण्डकी प्रदेशका ११ जिल्ला कमिटी, ८५ पालिका, ७५९ वडा, ५ हजार ५६० टोल गरी ६ हजार ४१५ कमिटी छन् ।

त्यसैगरी लुम्बिनी प्रदेशका १२ जिल्ला, १०९ पालिका, ९ सय ८३ वडा, ९ हजार २६७ टोल गरी  कुल १० हजार ३७१ कमिटी छन् भने कर्णाली प्रदेशमा १० जिल्ला कमिटी, ७९ पालिका, ७१८ वडा, ६ हजार ४५३ टोलसहित ७ हजार २६० कमिटी छन् । त्यस्तै सुदूपश्चिम प्रदेशमा ९ जिल्ला, ८८ पालिका, ७३४ वडा, ५ हजार ८५० टोलसहित ६ हजार ६ सय ८१ कमिटी रहेको महासचिव पोखरेलको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै एमालेको समन्वय सम्पर्क अन्तर्गत  ७ जिल्ला, ७४ पालिका, ७४३ वडा कमिटी गरी ८२४ वटा सम्पर्क समन्वय कमिटी छन् भने प्रवासी नेपाली मञ्चलाई ५ जिल्ला कमिटीको हैसियत दिइएको छ । जसमा ३६ पालिका, ७० वटा वडा गरी १११ कमिटी छन् । प्रवासी नेपाली संघ भारत शाखामा १० वटा जिल्ला, १४१ पालिका,  ४१६ वडा तह गरी ५६७ कमिटी छन् ।  

एमालको जिल्ला तहमा ९ हजार ७७४ जना नेता, कार्यकर्ता आबद्ध छन् भने पालिका तहमा ४१ हजार ६३३, वडामा १ लाख ७४ हजार २४५ र टोलमा २ लाख १ हजार ३६४ जना रहेको प्रतिवेदनमा उल्लेख छ ।

शुक्रबार​ २० भदौ २०८२ ०९:२३ PM मा प्रकाशित

प्रतिक्रिया