सुन तोलाको एक लाख ५० हजार पुग्यो

    images

    काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य डेढ लाख तोला पुगेको छ ।

    सोमबार सुन तोलाको ३ सयले बढेर तोलाको एक लाख ५० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार सुनको मूल्य तोलाको १ लाख ४९ हजार ७ सय रहेको थियो । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १७८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सोमबार २१ साउन २०८१ १२:१६ PM मा प्रकाशित

    प्रतिक्रिया