काठमाडौँ । विभिन्न माग राख्दै विगत साउन १४ गतेदेखि आमरण अनसनमा बसेकी नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्ता टोली र रानाभाट पक्षबीच गएराति अबेर (बुधबार बिहान २:३५ बजे) सहमति जुटेसँगै उनले आफ्नो एक साता लामो अनसन अन्त्य गरेकी हुन् ।
वीर अस्पतालको आईसीयू वार्डमा उपचाररत रानाभाटको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि सरकारी टोली र आन्दोलनरत पक्षबीच घनीभूत छलफल भई सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमति पत्रमा मन्त्रालयका तर्फबाट अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त चन्द्र ओझा र कानुन अधिकृत जयप्रसाद सुवेदी तथा अभियन्ता रानाभाटले हस्ताक्षर गरेका छन् ।
सहमति अनुसार, सरकारी र निजी अस्पतालका नर्स तथा स्वास्थ्यकर्मीको सेवा-सुविधा र कार्यभार निर्धारणका लागि ७ दिनभित्र उच्चस्तरीय कार्यदल गठन गरिनेछ, जसले ६ महिनाभित्र प्रतिवेदन पेश गर्नेछ ।
१९ बुँदे सहमतिका मुख्य बुँदाहरू:
नर्सिङ क्षेत्रमा व्याप्त श्रम शोषण, न्यून तलब, र लाइसेन्स परीक्षाको व्यवस्थापन लगायत १५ बुँदे माग राखी रानाभाटले अनसन सुरु गरेकी थिइन् । स्वास्थ्य अवस्था गम्भीर भएपछि वीर अस्पतालमा उपचार गराइरहेकी उनले सहमतिसँगै अनसन फिर्ता लिएकी हुन् । सरोकारवालाहरूले यस सहमतिलाई ऐतिहासिक भन्दै कार्यान्वयनको माग गरेका छन् ।
प्रतिक्रिया