×

नेपालले दोस्रोपटक जित्यो एसीसी यू-१६ क्रिकेटको उपाधि

images

काठमाडौँ । नेपालले मलेसियामा सम्पन्न एसीसी इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ। शनिबार मलेसियाको यूकेएम वाईएसडी ओभलमा भएको फाइनल खेलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले लगातार दोस्रो पटक च्याम्पियन बनेको हो। गत संस्करणको फाइनलमा नेपालले मलेसियालाई २ सय २१ रनले पराजित गरेको थियो।

सिंगापुरले दिएको ११४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि जोय थापाले २४ रन जोड्दै महत्त्वपूर्ण योगदान दिए। यस्तै, शिवान्स बजगाईंले २० रन, शुभम खनालले १८ रन र प्रसिद्ध जैशीले १७ रन बनाए। बलिङतर्फ सिंगापुरका कापिश भेनक्रान्तामानले ४ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको सिंगापुर ४०.५ ओभरमा ११३ रन बनाएर अलआउट भएको थियो। सिंगापुरका लागि रोहन अस्टिन अरुणले सर्वाधिक २३ रन बनाए भने कप्तान रियान नायकले ११ बलमा ३ चौकासहित १५ रन जोडे। अन्य खेलाडीले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

नेपालको बलिङमा अभय यादव र सुशील रावलले उत्कृष्ट प्रदर्शन गर्दै तीन/तीन विकेट लिए। शुभम खनालले दुई तथा विपिन शर्माले एक विकेट लिएका थिए।

शनिबार २१ असार २०८२ ०८:२५ PM मा प्रकाशित

प्रतिक्रिया