×

४६ अङ्कले घटेको शेयर बजार राताम्मे, कारोबार रकम पनि घट्याे

images

लगातार दोस्रो दिन पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज दिनभर तलमाथि हुँदै बन्द हुने बेलामा ४६ दशमलव शून्य ८ अङ्कले घटेर २ हजार ३० दशमलव ५९ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर घटेर बजार राताम्मे देखिएको छ । हिजोभन्दा आज कारोबार रकममा कमी आएको छ । दुई सय २९ वटा कम्पनीका ८६ लाख १३ हजार कित्ता शेयर २ अर्ब ९६ करोड ८४ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै सानिमा बैंकको प्रमोटर शेयर ३० करोड २० लाख रुपैयाँमा कारोबार भएको छ ।

आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि सीवाईसी नेपाल लघुवित्त र ङादी ग्रुप पावरको शेयर १० प्रतिशत तथा आँधीखोला लघुवित्तको शेयर साढे नौ प्रतिशतले बढेको छ । 

मङ्गलबार २१ असार २०७९ ०३:२९ PM मा प्रकाशित

प्रतिक्रिया