×

करोडबढीको लागतमा वडा कार्यालयको भवन निर्माण

images

झापा, २३ जेठः दाताले निःशुल्क उपलब्ध गराएको जमिनमा भद्रपुर नगरपालिका–३ को कार्यालय निर्माण भएको छ ।  सरकारको रु एक करोड २४ लाखको लागतमा दुईतले भवन निर्माण भएको हो ।  

कार्यालयले आफ्नै भवनबाट मङ्गलबारदेखि सेवा प्रवाह गरेको छ । स्थानीय  ओमप्रकाश सरावगी, सत्यनारायण तायल, धनुहाङ सुहाङ, कल्याणकुमार राई, आइतबहादुर लिम्बू, श्याम थापामगर, निलमकुमार राई, कुवेर गुरुङ, भीमप्रसाद राई र केविर लिम्बूले पाँच कठ्ठा जमिन वडा कार्यालयलाई दान गरेका हुन् । 

 “साँघुरो भाडाको घरबाट सेवा प्रवाह त्यति सहज थिएन”, वडाध्यक्ष हेमबहादुर कार्कीले भन्नुभयो, “अब सेवाग्राही र कर्मचारीलाई काम गर्न असहज नहुनेमा विश्वस्त छु ।”

बुधबार २२ जेठ २०८१ ११:२१ AM मा प्रकाशित

प्रतिक्रिया