×

सरकारबाट बाहिरिने रास्वपाको निर्णय, सरकारलाई दिएको समर्थन कायम राख्ने

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको छ ।  सरकारलाई दिएको समर्थन भने कायम राख्ने भएको छ । आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय लिएको हो ।

आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकमा सरकारमा निरन्तरता दिने वा नदिनेबारे छलफल भएको थियो । सरकारलाई दिएको समर्थन भने कायमै राख्ने एक केन्द्रीय सदस्यले जानकारी दिए ।

 रास्वपाबाट डोलप्रसाद अर्याल श्रममन्त्री, शिशिर खनाल शिक्षामन्त्री र डा. तोसिमा कार्की स्वास्थ्यराज्यमन्त्री छन् । रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथ गृहमन्त्री थिए । तर नागरिकता मुद्दामा १३ माघमा सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि उनी पदमुक्त भए ।

आइतबार​ २२ माघ २०७९ ०४:०४ PM मा प्रकाशित

प्रतिक्रिया