रौतहट-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलम सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको ज्यान गएको छ । रौतहट निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत इशनाथ नगरपालिका–४ मठिया टोलस्थित मस्जिद नजिक खेलिरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचारमा प्रयोग भइरहेको बा १५ च ४२४४ नम्बरको कारले ठक्कर दिँदा चार वर्षीया अल्फा खातुनको मृत्यु भएको हो।
ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई कार चालकले उपचारका लागि सिटी अस्पताल पुर्याएपछि फरार भएका थिए। पछि थप उपचारका लागि प्रादेशिक अस्पताल गौरमा भर्ना गरिए पनि उपचारकै क्रममा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि कार चालक फरार रहेकाले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। उक्त सवारी साधनलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक विष्णु प्रदीप वस्यालले जानकारी दिए।
प्रतिक्रिया