काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब माओवादीले कसैको वैशाखी नटेकी जनताको बलमा आफ्नो एजेण्डा र अभियान अघि बढाउने बताएका छन्। गणतन्त्र सेनानी कोषले आज आयोजना गरेको ‘गणतन्त्र सेनानी सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशमा नयाँ क्रान्तिको लडाईँमा आफु अगाडि बढिसकेको बताएका हुन्।
नयाँ क्रान्तिका लागि विभाजित माओवादी धारलाई एकताबद्ध गर्दै आफ्नै एजेन्डा र पहिचानमा अघि बढ्ने उल्लेख गर्दै उनले स्थानीय तहको उपनिर्वाचनमा एक्लै विजय प्राप्त गरेर त्यसको सुरुआत गरिसकिएको स्पष्ट पारेका
प्रतिक्रियावादीहरूको हर्कतलाई परास्त गर्न जनतासमक्ष पुग्नुपर्ने बताउँदै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले नयाँ जनक्रान्तिको आवश्यकता रहेको दाबी गरे । ‘सबै क्रान्तिकारी पार्टीहरूलाई एकताबद्ध गर्ने र ठूलो एउटा नयाँ जनक्रान्तिको आवश्यक छ । त्यो क्रान्तिको सुरुवात हामीले गरेका छौं,’ प्रचण्डले भने ।
भ्रष्टाचारविरोधी अभियान, सामाजिक न्याय र आर्थिक समृद्धिको उद्देश्यका लागि उक्त आन्दोलन सुरु गरिएको उनले बताए । ‘एउटा नयाँ क्रान्ति आवश्यक परेको छ । प्रतिक्रियावादीहरूका प्रतिगमनकारी हर्कतलाई परास्त गर्नका लागि जनताको बीचमा गएर एउटा नयाँ आन्दोलन सुरु गर्ने आवश्यकता भएको छ,’ गणतन्त्र सेनानी कोषले राष्ट्रिय नाचघर जमलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले भने।
साथै, उनले माओवादी अब कसैको वैशाखी नटेकी आफ्नै खुट्टामा उभिएर लड्ने पनि जिकिर गरे ।
‘प्रतिगमनतिर जाने र जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई कमजोर पार्ने, खोस्ने जो षड्यन्त्र भएको छ, त्यसलाई परास्त गर्नका लागि एकचोटी अगाडि जानुछ । म त बाटो लागिसकेँ,’ प्रचण्डले भने, ‘मैले अब माओवादी कसैको वैशाखी टेक्दैन, आफ्नै खुट्टामा उभिएर लड्छ । माओवादीलाई अपमानित गर्ने सबैविरुद्ध हामी लडाईं लड्छौं भनेर भनेको छु । म अगाडि बढिसकेँ, अहिले म यो भन्दा धेरै भन्दिनँ ।’
‘मैले प्रतिनिधिसभाबाट फेरि विद्रोह सुरु गरिसकेँ । षड्यन्त्रकारीहरूले जालझेल गरेर आफ्ना शक्ति अगाडि बढाएका छन् । जनयुद्धमा जस्तै फेरि जनताको तागत देखाउने बेला आयो’, उनले भने, ‘क्रान्तिकारी योद्धाहरूलाई संगठित गर्ने, सबै क्रान्तिकारी पार्टीहरूलाई एकजुट गर्ने सडकमा विशाल शक्ति ल्याएर षड्यन्त्रकारीहरूलाई परास्त गर्न म जनयुद्ध लडेका पार्टी र योद्धाहरूलाई अपिल गर्छु ।’
याँ क्रान्तिका लागि विभाजित माओवादीलाई एकताबद्ध गर्दै माओवादीको आफ्नै एजेन्डा र पहिचानमा अघि बढ्ने उल्लेख गर्दै अध्यक्ष दाहालले स्थानीय तहको उपनिर्वाचनमा एक्लै विजय प्राप्त गरेर त्यसको सुरुवात गरिसकेको बताए ।
नेपालमा जनताले दस वर्षे जनयुद्ध नगरेको भए गणतन्त्र स्थापनाको कल्पनासमेत गर्न नसकिने उल्लेख गर्दै उनले जनताको तर्फबाट यति धेरै संगठित र व्यवस्थितरुपमा आजसम्म नेपालमा कुनै युद्ध नभएको पनि स्पष्ट गरे । उनले इतिहासको सम्मानका लागि नयाँ संस्कारको थालनी गरेकोमा आयोजकलाई धन्यवाद दिए ।
पूर्वउपराष्ट्रपति एवं तत्कालीन जनमुक्ति सेनाका डेपुटी कमान्डर नन्दबहादुर पुनले माओवादी, जनयुद्ध, जनमुक्ति सेना र जनताको कारण गणतन्त्र आएको हो भन्ने नेपाली इतिहासमा स्वर्णीम अक्षरमा लेखिएको बताए । गणतन्त्रका उपलब्धि रक्षा गर्दै उनले फेरि पनि अध्यक्ष प्रचण्डको नेतृत्वमा समाजवादी अभियान अघि बढानुपर्नेमा जोड दिए ।
माओवादी केन्द्रका उपमहासचिव एवं तत्कालीन जनमुक्ति सेनाका डेपुटी कमाण्डर जनार्दन शर्माले जनयुद्धको थालनी र संचालन हुँदै गणतन्त्र स्थापनाको मुख्य श्रेय अध्यक्ष प्रचण्डलाई जाने बताए । अर्का डेपुटी कमान्डर चक्रपाणि खनालले अध्यक्ष प्रचण्डको सफल नेतृत्वका कारण जनयुद्ध सफल भएको र गणतन्त्र संभव भएको दाबी गरे ।
कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष, गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाललाई गणतन्त्र नायक सम्मानबाट सम्मानित गरिएको थियो । देशबाट सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्न दस वर्षे जनयुद्धको पहल, थालनी र नेतृत्व गर्दै जनआन्दोलन र संविधानसभाको निर्वाचन हुँदै गणतन्त्र घोषणा, गणतान्त्रिक संविधान निर्माण र गणतान्त्रिक सरकारको नेतृत्व गर्दै मुलुकलाई यहाँसम्म ल्याइपुर्याउन कुशल नेतृत्व गरेकोमा गणतन्त्र नायकको सम्मान प्रदान गरिएको कोषले जनाएको छ ।
कोषले जनमुक्ति सेनाका डेपुटी कमान्डरहरु नन्दबहादुर पुन, वर्षमान पुन, जनार्दन शर्मा र चक्रपाणि खनाललाई गणतन्त्र सेनानी सम्मान प्रदान गरेको छ । कोषले वाग्मतीका १३ जिल्लाबाट एक/एक जना र सांस्कृतिकर्मीलाई पनि सम्मान गरेको छ ।
प्रतिक्रिया