×

राष्ट्र बैंकमा एकै पटक ११ कार्यकारी निर्देशकको सरुवा

images

काठमाडौँ । नेपाल राष्ट्र बैंकमा एकै पटक ११ जना कार्यकारी निर्देशकको सरुवा गरिएको छ ।  बुधबारदेखि लागु हुने गरि ११ कार्यकारी निर्देशकको सरुवा गरिएको हो ।

जसअनुसार विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपाललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा सारिएको छ भने भुक्तानी प्रणाली विभागमा रहेका किरण पण्डितलाई विदेशी विनिमय व्यवस्थापन विभागमा लागिएको छ ।  त्यस्तै वित्तीय संस्था सुपरिभिजन विभागमा रहेका सत्येन्द्र तिमिल्सिनालाई भुक्तानी प्रणाली विभागमा लगिएको छ । त्यसैगरी  मानव संशाधन विभागमा रहेका विश्रुत थापालाई वित्तीय संस्था सुपरिभिजन विभागमा पठाइएको छ ।

त्यस्तै हाल बैंक तथा वित्तीय संस्था नियमन विभागमा रहेका गुरुप्रसाद पौडेललाई मानव संशाधन विभागको जिम्मेवारी दिइएको छ । त्यसैगरी हाल मुद्रा व्यवस्थापन विभागमा रहेका रामु पौडेललाई बैंक तथा वित्तीय संस्था नियमन विभागमा पठाइएको छ । यसैगरी, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा रहेका अनुज दाहाललाई मुद्रा व्यवस्थापन विभागमा लागिएको छ भने हाल गभर्नरको कार्यालयमा रहेका राजन विक्रम थापालाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा लागिएको छ ।

त्यस्तै हाल मौद्रिक व्यवस्थापन विभागमा रहेका दयाराम शर्मालाई गभर्नर कार्यालयको जिम्मेवारी दिइएको छ भने हाल बैकिङ विभागमा रहेका डिल्लीराम पोख्रेललाई मौद्रिक व्यवस्थापन विभागमा लगिएको छ । त्यसैगरी सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा रहेका रोशनकुमार सिग्देललाई बैकिङ विभागकोजिम्मेवारी दिइएको छ । 

१७ जना कार्यकारी निर्देशक रहेको नेपाल राष्ट्र बैंकमा एकैदिन ११ जनाको सरुवा गरिएको छ भने ६ जनालाई यथावत राखिएको छ ।

मङ्गलबार १९ कात्तिक २०८२ ०१:३७ PM मा प्रकाशित

प्रतिक्रिया