×

चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु भदौ २७ गते नेपाल आउँदै

images

चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु आउँदो २७ गते नेपाल आउनुहुने भएको छ । अध्यक्ष चान्सु सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणमा चार दिने भ्रमणमा लागि नेपाल आउन लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल भ्रमणमा आउन लाग्नुभएका चान्सु चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) मा तेस्रो र चीनको संविधानअनुसार राज्य सत्ताको भूमिकामा दोस्रो वरीयतामा रहनुभएको छ । भ्रमणका क्रममा चान्सु र सभामुख सापकोटाबीच द्विपक्षीय भेटवार्ता हुनेछ ।

यस्तै चान्सुले राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सु नेपाल भ्रमणमा आउने राष्ट्रपति सी जिनपिङपछिका दोस्रो ठूलो तहका नेता हुनुहन्छ । 

आइतबार​ १९ भदौ २०७९ ०३:३६ PM मा प्रकाशित

प्रतिक्रिया