×

माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै

images

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । हिजोदेखि सुरु भएको बैठकमा प्रदेश नेताहरूले पालिका चुनावमा कांग्रेस इमानदार नभएको भन्दै कांग्रेस वा गठबन्धनको बलमा शक्ति आर्जन गर्नुभन्दा पार्टीलाई बलियो बनाउनु पर्नेमा जोड दिएका छन् ।

पार्टीलाई बलियो बनाउनका लागि केन्द्रीय पदाधिकारीदेखि प्रदेशलगायत सबै तहका कमिटीलाई पूर्णता दिनुपर्ने माग गरेका छन् । गठबन्धनमा जोड गर्दा पार्टी सङ्गठन कमजोर भएको उनीहरुको भनाइ छ । 

कांग्रेससँग गठबन्धन गर्दा उनीहरूको मत माओवादीको चुनाव चिह्नमा स्थानान्तरण गर्न कठिन भएको र स्थानीय नेताहरूले पनि केन्द्रको निर्णयलाई कार्यान्वयन गर्न नसकेको प्रदेश नेताहरुको भनाइ छ । 

सोमबार २० असार २०७९ १२:५१ PM मा प्रकाशित

प्रतिक्रिया