×

हनुमानढोका परिसरभित्र सवारी साधन निषेध - मेयर बालेन

images

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको प्राचिन मौलिकता जगेर्ना गर्न सवारी आवतजावत रोकिएको बताएका छन्। ‘काठमाडौं मुख्यरूपमा प्राचीन र ऐतिहासिक कालिगढीको उदाहरण रहेको जनाउँदै मेयर साहले हनुमानढोका दरबार क्षेत्रको मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य राख्न सवारी प्रवेशमा रोक लगाएको बताएका हुन् । 

महानगरले केही दिन पहिले विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा सवारी छिर्न नदिने बताएका थियो।

उनले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, काठमाडौ मुख्यरुपमा प्राचिन र ऐतिहासिक कालीगढीको उदाहरण हो । काठमाडौको पहिचान भनेकै यहाँका सम्पदाहरु हुन् । विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यवसायीकता अंगाल्न सक्ने भनेकै यीनै सम्पदा र यीनको प्राचीन मौलिकता पनि हुन् । यहि हेर्न, अनुभव गर्न र रमाउन लाखौँ पर्यटकहरु आउन सक्छन् । वसन्तपुर हनुमानढोका यसमध्येकै एक हो, जहाँ दिनमा हजारौँ पर्यटकहरु आउने र लाखौँ आउन सक्ने सम्भावना छ । यीनीहरुको मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक छ । यसैले हनुमानढोका परिसर भित्र सवारी साधनहरुलाई निषेध गरिएको छ ।’

मङ्गलबार १९ असार २०८० ११:१७ AM मा प्रकाशित

प्रतिक्रिया