×

आबुधाबीमा मिसाइलको अवशेष खस्दा यूएईमा सात नेपाली घाइते

images

संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा सात जना नेपाली घाइते भएका छन्। घटनामा १२ जना घाइते भएकामा सात जना नेपाली परेका हुन्। घाइते भएका सात नेपालीमध्ये ६ जना सामान्य छन् भने एक जनाको अवस्था गम्भीर छ।

अज्बान क्षेत्रमा हवाई सुरक्षा प्रणालीले ड्रोन र मिसाइल अवरोध गरेपछि अवशेष खसेको गल्फ न्यूज डटकमले जनाएको छ। घटनामा घाइते हुने अरु पाँच जना भारतीय नागरिक हुन्। घाइतेहरूको उपचार भइरहेको छ।

यूएईको रक्षा मन्त्रालयले हवाई सुरक्षा प्रणालीले मिसाइल र मानवविहीन ड्रोनहरू सफलतापूर्वक अवरोध गरेको जनाएको छ। ती अवरोधका क्रममा खसेका अवशेषले अज्बान क्षेत्रका विभिन्न ठाउँमा क्षति पुर्‍याएको छ।

शनिबार २१ चैत २०८२ ०७:३० PM मा प्रकाशित

प्रतिक्रिया