×

भारतको उत्तर प्रदेशमा तिर्थालु चढेको गाडी दुर्घटना, ११ जनाको मृत्यु

images

काठमाडौँ । भारतको उत्तर प्रदेशको गोन्डामा भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने चार जनालाई उद्धार गरिएको छ।

तीव्र गतिमा रहेको बोलेरो नियन्त्रण गुमाएपछि सरयु नहरमा खसको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । बोलेरोमा १५ जना थिए । स्थानीयले सिसा फुटाएर ४ जनाको उद्धार गरे । 

ती सबै तिर्थालु रहेको र पृथ्वीनाथ मन्दिरमा पानी चढाउन जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको बताइएको छ । भयानक दुर्घटनाका कारण बोलेरोबाट एक जना पनि आफैं निस्कन नसकेको बताइएको छ । 

प्रहरीका अनुसार दुर्घटनाको समयमा कारको गति ६० किलोमिटर प्रतिघण्टा थियो । मृतकहरूमा ६ महिला २ पुरुष र ३ बालबालिका रहेका छन् । 

आइतबार​ १९ साउन २०८२ ०७:१८ PM मा प्रकाशित

प्रतिक्रिया