×

अमेरिकी डलरको विनिमय दरमा नयाँ रेकर्ड

images

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ।  राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ७१ पैसा र बिक्री दर १३४ रुपैयाँ ३१ पैसा निर्धारण भएको छ। अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो।

हिजो अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ६६ पैसा र बिक्री दर १३४ रुपैयाँ २६ पैसा थियो। त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिद दर १४४ रुपैयाँ ८८ पैसा र बिक्री दर १४५ रुपैयाँ ५३ पैसा निर्धारण भएको छ।

हिजो युरो १ को खरिद दर १४४ रुपैयाँ २४ पैसा र बिक्री दर १४४ रुपैयाँ ८९ पैसा थियो। त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिद दर १७० रुपैयाँ ४६ पैसा र बिक्री दर १७१ रुपैयाँ २३ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिद दर १७० रुपैयाँ ६५ पैसा र बिक्री दर १७१ रुपैयाँ ४२ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ १० पैसा र बिक्री दर ८७ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ३६ पैसा र बिक्री दर ८७ रुपैयाँ ७५ पैसा थियो। त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिद दर ४३७ रुपैयाँ ७९ पैसा र बिक्री दर ४३९ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ।

हिजो कुवेती दिनार १ को खरिद दर ४३७ रुपैयाँ २७ पैसा र बिक्री दर ४३९ रुपैयाँ २३ पैसा थियो। त्यसैगरी आजको लागि बहराइन दिनारको खरिद दर ३५४ रुपैयाँ ७२ र बिक्री दर ३५६ रुपैयाँ ३१ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिद दर ३५४ रुपैयाँ ६० र बिक्री दर ३५६ रुपैयाँ १९ पैसा थियो।

शनिबार १९ साउन २०८१ १०:३४ AM मा प्रकाशित

प्रतिक्रिया