झापा ललितपुर एकता समाजले नयाँ बर्ष २०८२ को नयाँ क्यालेन्डर बिमोचन समारोह लाई नगर सफाइ कार्यक्रम आयोजना सहित सम्पन्न गरेको छ।झापा जिल्ला बाट महालक्ष्मी नगरपालिका मा बसोबास गर्दै आएकाहरु को नेतृत्वमा सम्पन्न सरसफाइ तथा क्यालेण्डर बिमोचन कार्यक्रममा उपमेयर लक्ष्मी महर्जन,माननीय राजेन्द्र लिंग्देन,वडा अध्यक्ष ,जनप्रतिनिधि ,पत्रकार ,समाजसेवी तथा धार्मिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
सफाइ पश्चात् आयोजना गरिएको बिमोचन कार्यक्रम मा मेघराज पौडेलले विभिन्न समयमा समाजले सामाजिक सेवाको कार्य गर्दै आएको जानकारी गराएका थिए।पत्रकार टिकाराम यात्रिले हालै अमेरिकामा सम्पन्न झापालीहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भइ प्राप्त अनुभवहरु सुनाउनु भएको थियो ।
विशेष अतिथिका रुपमा उपमेयर लक्ष्मी महर्जनले समाजले गर्दै आएको काम प्रति खुसि व्यक्त गर्दै बाहिरबाट आएको न सम्झन भन्नू भयो ।नगरपालिकाले गर्दै आएको काम र प्रगतिको बिषयमा राम्रो जानकारी गराउनु भएको थियो ।प्रमुख अतिथिको आशनबाट बोल्दै झापा जिलबाट प्रतिनिधि सभा सदस्य माननीय राजेन्द्र लिङ्देलले समाजले गर्दै आएको काम प्रति खुसि व्यक्त गर्दै पानी बितरणमा नयाँ र पुराना भनेर विभेद नगर्न उपमेयरलाइ सुझाव दिनु भएको थियो ।
अन्तरधार्मिक परिषद नेपाल तथा विश्व हिन्दु परिषद नेपालका केशवप्रसाद चौलागाईं ,लेखक चन्द्रमणी प्रसाइ,आनन्द अधिकारी ,हरि कार्की ,दिर्घराज मिश्र,तिर्थराज ढकाल लगायत विभिन्न क्षेत्रका महानुभाव हरुको उपस्थिति रहेको थियो | कार्यक्रम को सभापति को आशनबाट समाजका अध्यक्ष डा दिपक खनालले सफाइ मा सहयोग गर्ने संस्था,पिउने मोहि उपलब्ध गराउने दाताहरुलाइ धन्यवाद दिदै सभा बिसर्जन गर्नु भएको थियो ।
सभाको सञ्चालन समाजका सचिव शिव घिमिरेले रोचक ढंगले गर्नु भएको थियो ।बाहिरबाट आएर पनि यश स्थानको सेवामा लाग्ने भावना र प्रयासले स्वराज्य अनुभुती गराएको स्वराज्य मेलमिलापका अभियन्ता तथा लेखक केशवप्रसाद चौलागाईंले हामीलाई बताउनु भयो ।
प्रतिक्रिया