×

इन्डियन प्रिमियर लिग-चेन्नाई सुपर किंग्सको मुम्बई इन्डियन्समाथि ८ विकेटको सहज जित

images

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार राति भएको ४४औँ खेलमा चेन्नाई सुपर किंग्सले मुम्बई इन्डियन्समाथि ८ विकेटको सहज जित निकालेको छ । घरेलु मैदान चेन्नाईमा भएको खेलमा मुम्बईले दिएको १६० रनको लक्ष्य चेन्नाईले ११ बल बाँकी छँदै मात्र २ विकेट गुमाएर पूरा गरेको हो ।

चेन्नाईको जितमा कप्तान ऋतुराज गायकवाडले कप्तानी इनिङ खेले । उनले ४८ बलमा अविजित ६७ रन जोडे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । मध्यम स्कोर खडा गर्ने क्रममा मुम्बईका कुनै पनि ब्याटरले ठूलो साझेदारी गर्न सकेनन् ।

जवाफी ब्याटिङमा उत्रिएको चेन्नाईले १८.१ ओभरमै लक्ष्य भेट्टायो । जितसँगै चेन्नाईले अंक तालिकामा आफ्नो स्थिति थप बलियो बनाएको छ । यो जितसँगै चेन्नई छैटौं स्थानमा उक्लिएको छ । मुम्बईले हारको सामना गरेको मुम्बई तालिकाको पुछारबाट दोस्रो अर्थात् नवौं स्थानमा छ । मुम्बईले आठ खेल खेल्दा दुई मात्र जित निकाल्दै चार अंक बनाएको छ ।

आइतबार​ २० बैशाख २०८३ ०८:०२ AM मा प्रकाशित

प्रतिक्रिया