×

सुनको मूल्यले निरन्तर रेकर्ड हालसम्मकै उच्च मूल्यमा कारोबार

images

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले निरन्तर रेकर्ड बनाइरहेको छ । आज तोलामा १८ सय रुपैयाँ बढेर सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । 

आज छापावाल सुन तोलामा एक लाख ३३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख ३१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलामा एक लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा ६५ रुपैयाँ बढेको छ । चाँदी तोलामा एक हजार ६१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

बुधबार २१ चैत २०८० ११:२१ AM मा प्रकाशित

प्रतिक्रिया