×

आईसीसी विश्वकप क्रिकेट लिग २ - आसिफ र सन्दीपको कीर्तिमानी साझेदारीमा नेपालको जित

images

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले पपुवा न्यूगिनी(पिएनजी)लाई ३ विकेटले हराएको छ।

शुक्रबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पीएनजीले टस जितेर पहिले ब्याटिङ रोजेको थियो।

पीएनजी ४९. २ बलमा अलआउट हुँदै १ सय ७९ रन जोड्दै १ सय ८० रनको लक्ष्य दियो।

जवाफि ब्याटिङमा उत्रेको नेपालले १२ बल बाकीँ रहँदै ७ विकेट गुमाएर १८२ रन जोड्यो।

नेपालका लागि आसिफ सेखले सर्वाधिक १३० बलमा २ चौका र १ छक्काको मद्धतले ८६ रन जोडे।

त्यस्तै, सन्दीप लामिछानेले ५० बलमा ३ चौकासहित ३५ रन जोडे।

पिएनजीकालागि ओपनर टोनी उराले सर्वाधिक ५१ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३९ रन जोडे।

शुक्रबार​ १९ फागुन २०७९ ०८:१५ PM मा प्रकाशित

प्रतिक्रिया