×

सामाजिक सञ्जालसम्बन्धी विधेयक संघीय संसद्‌बाट फिर्ता लिने सरकारको निर्णय

images

काठमाडौं। सरकारले सामाजिक सञ्जालको संचालन प्रयोग तथा नियमन गर्न बनेको विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

उनले भने, ‘सामाजिक सञ्जालको संचालन प्रयोग तथा नियमन गर्न बनेको विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिन स्वीकति प्रदान गर्ने निर्णय भएको छ।’

त्यस्तै उनले निर्माणाधिन संसद् भवन परिसरमा जेनजी आन्दोलनका सहीदहरुको शालिक निर्माण गर्नेगरी सिंहदरबार परिसरको गुरु योजनाको संशोधन गर्न स्वीकृति दिने अर्को निर्णय गरेको पनि जानकारी दिए।

‘निर्माणाधिन संसद भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरुको शालिक निर्माण गर्नेगरी सिंहदरबार परिसरको गुरु योजनाको संशोधन गर्न स्वीकृति दिने अर्को निर्णय गरेको छौं,’ उनले भने।

मङ्गलबार २१ माघ २०८२ ०७:०७ PM मा प्रकाशित

प्रतिक्रिया