×

अझै हटेन विमानस्थल भन्सारमा मोबाइलमा गरिएको कडाइ

images

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस १५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट फर्किने नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न निर्देशन दिए । तर, प्रधानमन्त्रीको निर्देशनपछि पनि मोबाइलमा गरिएको कडाइ हटेको छैन ।

प्रधानमन्त्रीले निर्देशन दिएको ३ दिनपछि अमेरिकाबाट फर्केका डीएल नेम्बाङले ल्याएको थप एकथान मोबाइल त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जफत गरेको छ । आफ्नो मोबाइल जफत गरिएको नेम्वाङले बताएका छन् ।

त्रिभुवन विमानस्थलको प्रमुख भन्सार प्रशासक अरुण पोखरेलले थप एकथान मोबाइल जफत नगरिएको दाबी गरेका छन् ।

‘हामी २०७७ जेठ १५ मा जारी आदेशलाई फलो गरिरहेका छौँ, प्रधानमन्त्रीको निर्देशनपछि सो नियम संशोधनको चरणमा रहेका हुनाले अहिले सङ्क्रमणकालीन अवस्था छ ।’
अर्थ मन्त्रालयले २०७७ जेठ १५ मा गरेको निर्णय अनुसार व्यक्तिगत प्रयोगको मोबाइल १ वटा सम्म ल्याउन पाइन्छ । त्यसभन्दा बढी मोबाइल ल्याएमा भन्सार महसुल लाग्छ । तर, भन्सारका कर्मचारीले थप मोबाइल जफत गर्ने गरेको गुनासो छ ।

मङ्गलबार १९ पुस २०७९ ०३:०८ PM मा प्रकाशित

प्रतिक्रिया