×

अस्ट्रेलियाले भारतलाई १९० रनले हरायो

images

काठमाडौं ।  भारतविरुद्धको महिला एकदिवसीय सिरिज पाहुना टोली अस्ट्रेलियाले क्लिनस्विप गरेको छ ।

गएराति सम्पन्न अन्तिम खेलमा भारतलाई १९० रनले हराउँदै अस्ट्रेलियाले तीन खेलको सिरिज ३–० ले क्लिन स्विप गरेको हो । उसले पहिलो र दोस्रो खेल क्रमशः ६ विकेट र तीन रनले जितेको थियो । भारतले भने सिरिजमा खराब प्रदर्शन गर्‍यो । तेस्रो खेलमा अस्ट्रेलियाले दिएको ३ सय ३९ रनको लक्ष्य पछ्याएको भारत ३२.४ ओभरमा १ सय ४८ रनमै अलआउट भयो ।

उसका लागि स्मृति मान्धनाले २९, दीप्ती शर्मा र जेमिमाह रोड्रिग्जले २५/२५ रन बनाए । बाँकी ब्याटरको प्रदर्शन भने सम्झनलायक रहन सकेन ।  अस्ट्रेलियाका लागि जर्जिया वेयरहामले ६.४ ओभरमा २३ रन दिएर सर्वाधिक तीन विकेट लिइन् । त्यसअघि मुम्बईस्थित वानखडे स्टेडियममा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३८ रन बनायो ।

उसका लागि ओपनिङ ब्याटर फोबी लिचफिल्डले शतकीय इनिङ खेलिन् । १२५ बलको सामना गरेकी उनले १६ चौका र एक छक्कासहित ११९ रन बनाइन् । यस्तै, कप्तान एलिसा हेलीले ८२, एश्लेघ गार्डनरले ३०, अलाना किंगले अविजित २६ र अन्नाबेल सदरल्याण्डले २३ रन बनाए । भारतका लागि श्रेयंका पाटिलले १० ओभरमा ५७ रन दिएर सर्वाधिक तीन विकेट लिइन् ।

बुधबार १८ पुस २०८० १०:०५ AM मा प्रकाशित

प्रतिक्रिया