×

तेश्रो मेयर कप ब्याडमिन्टन प्रतियोगिता भोलीबाट

images

ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा हुने तेश्रो संस्करणको ललितपुर मेयर कप ब्याडमिन्टन प्रतियोगिता भोली १८ गते बाट सुरु हुने भएको छ । चार दिन सम्म संचालन हुने प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (शिर्ष २० बरियता बाहेक), यु–१७ ब्वाईज र गल्र्स तथा मास्टर ४५ माथि युगल गरि ६ बिधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् ।

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा पुरुष एकल र महिला एकलका खेलाडीहरुले खेलको आधारमा बरियता अंक प्राप्त गर्नेछन् ।

सहआयोजक बालकुमारी रिमिक्स क्लबको आफ्नै कभर्डहलमा हुन प्रतियोगिताको मुख्य प्रायोजकमा ललितपुर महानगरपालिका रहेको छ । ३१ लाखको अनुमानित लागत रहेको प्रतियोगितामा पुरुष तथा महिला एकल र पुरुष युगल तर्फका बिजयीले नगद ४० हजारका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै दोश्रो हुनेले नगद २० हजार र तेश्रो स्थान प्राप्त गर्नेले नगद १० हजारका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यु–१७ तर्फ ब्वाईज तथा गल्र्स एकलमा प्रथम द्वितीय र तृतीय हुनेले नगद २० हजार, १० हजार र ५ हजारका साथ मेडल, ट्रफी र प्रमाणपत्र तथा मास्टर ४५ माथिका प्रथम, द्वितीय र तृतीय हुनेले नगद ३० हजार, १५ हजार र ७ हजार ५ सय सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगितामा नेपाल भरिबाट र तीन विभागिय टोली गरि २२० खेलाडीहरुले ६ विधामा प्रतिस्पर्धा गर्ने म्याच कन्ट्रोल सुमित शाक्यले जाकारी गराए । प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक, अफिसियलहरुलाई बिहानको खाजा र खानाको ब्यवस्थापन आयोजकले गर्ने छ ।
 

सोमबार १७ मंसिर २०८१ ०२:०३ PM मा प्रकाशित

प्रतिक्रिया