×

बढ्यो सुनको मुल्य

images

काठमाडौं । आज बुधबार सुन तोलामा आठ सय बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको एक लाख ६० हजार आठ सय पुगेको छ ।

हिजो मंगलबार सुन तोलाको एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदी तोलामा १० रुपैयाँ बढेर १९ सय ३५ पुगेको महासंघले जनाएको छ । हिजो मंगलबार चाँदी तोलाको १९ सय २५ रुपैयाँमा किनबेच भएको थियो ।

बुधबार १६ असोज २०८१ ०२:२२ PM मा प्रकाशित

प्रतिक्रिया