×

२०८१ असोज १६ गते बुधबार, हेर्नुहोस आजको राशिफल

images

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि भएकाहरूका आज समय शुभ छ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि भएकाहरूका लागि आज समय सामान्य छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुनेछैन । नियमित खर्चसमेत बढ्ने योग छ । शरीरमा स्फूर्ति र उमङ्ग कमी हुनेछ । टाढाको यात्रा फलदायी हुँदैन ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि भएकाहरूका लागि आज समय सामान्य छ । मनमा उत्साह र उमङ्गको कमी देखिने छ । अरुको हीतका लागि गरिएको कामबाट लाभ लिन सकिने छैन । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशिका लागि आज समय शुभ छ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि भएकाहरुका लागि आज समय सामान्य छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेत र लगशीलतापछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । दीर्घकालिक योजना कार्यान्वयन गर्न वा दूरगामी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएकाहरूका लागि आज समय राम्रो रहनेछ । दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । धार्मिक, सामाजिक वा माङ्गलिक कर्ममा सहभागी भइने छ ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि भएकाहरूका लागि आज समय सामान्य छ । धार्मिक र सामाजिक कार्यमा नेतृत्व लिएर काम गरेको जाति हुन्छ । पराक्रम र उत्साहमा कमी आउने छ । कृषिकर्म र बन्दव्यापारबाट आम्दानी  हुनेछ ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि भएकाहरूका लागि आज समय राम्रो छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात लागी हुने समय छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । नयाँ काममा हात हाल्ने समय छ ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशिका लागि आज समय मध्यम खालको रहनेछ । तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ ।  कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । रमाइलो यात्राको सम्भावना पनि छ ।  स्वास्थ्य सबल रहने छ ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि भएकाहरूका लागि आज समय सामान्य छ । स्वास्थ्यमा समस्या आउन सक्छ । परिवारका सदस्य बिरामी पर्नाले तनाव उत्पन्न हुनेछ । साथीसंगको भेटघाट रमाइलो हुनेछ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशिका लागि आज  समय सामान्य छ । मानसिक तनावबाट मुक्त हुन कठिन छ । गरेको काम बिग्रने संभावना बलियो छ ।  खर्चमात्र ज्यादा हुने सम्भावना रहेको हुनाले सतर्क हुनैपर्छ ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशि भएकाहरूका लागि आज समय र स्वास्थ्य राम्रो रहनेछ । अध्ययन–अध्यापनमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । धार्मिक यात्रा फलदायी, पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ ।

बुधबार १६ असोज २०८१ ०६:३१ AM मा प्रकाशित

प्रतिक्रिया