×

मेयर बालेन भारतीय खुफिया एजेन्सीको निर्देशन लिने र सोहीअनुसार काम गर्छ्न- अनेरास्ववियु अध्यक्ष शमिक बडाल

images

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई भारतीय खुफिया (जासूसी) एजेन्सी “रअ” लगायत अन्यसँग सम्बन्ध रहेको आरोप लागेको छ ।

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष शमिक बडालले मेयर बालेनको भारतीय खुफिया एजेन्सीसँग सम्बन्ध रहेको र काठमाडौंको लाजिम्पाटमा गोप्य रूपमा योजना बनाउने गरेको आरोप लगाएका हुन्र ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आइतबार अध्यक्ष बडालले मेयर साहले सांग्रिला होटल पछाडि घर भाडामा लिएर भारतीय खुफिया एजेन्सीको निर्देशन लिने र सोहीअनुसार काम गरिरहेको आरोप लगाए । “काठमाडौं महानगरपालिकाका मेयर बालेनजी सांग्रिला होटल पछाडि घर भाडामा लिएर दैनिक भारतीय खुफिया एजेन्सीसँगको निर्देशनमा नेपाली जनताको आँखामा छारो हाल्न बन्द गर्नुस, नेपाली जनताले तपाईको असलियत बुझ्ने दिन धेरै टाढा छैन,’ अध्यक्ष बडालले लेखेका छन् । मेयर बालेनले पछिल्लो समय नेकपा एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध राजनीतिक टीकाटिप्पणी गरिरहेका छन् ।

सोमबार १७ भदौ २०८१ ०८:२८ AM मा प्रकाशित

प्रतिक्रिया