×

सी जिनपिङ र पुटिनबीच भेटवार्ता, एक साथ रहने प्रतिबद्धता

images

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेइजिङमा द्विपक्षीय भेटवार्ता भएको छ । यो भेट बुधबार चीनमा हुन लागेको अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य परेडको एक दिन अघि भएको थियो।

पुटिनले दुई देशबीचको सम्बन्धलाई 'अभूतपूर्व स्तर' मा रहेको वर्णन गरेका छन् । उनले भने- 'हाम्रो नजिकको अन्तरक्रियाले रूस र चीनबीचको रणनीतिक सम्बन्धलाई प्रतिबिम्बित गर्दछ ।'

सीलाई सम्बोधन गर्दै पुटिनले भने- 'प्रिय मित्र, म र सम्पूर्ण रूसी प्रतिनिधिमण्डल हाम्रा चिनियाँ साथीहरू र सहकर्मीहरूलाई फेरि एक पटक भेट्न पाउँदा धेरै खुसी छौं । हामी त्यतिबेला पनि सँगै थियौं र अहिले पनि सँगै छौं ।' साथै, सो अवसरमा सी जिनपिङले भने- 'चीन-रूस सम्बन्धले अन्तर्राष्ट्रिय परिवर्तनहरूको परीक्षामा उत्रिएको छ । अझ न्यायपूर्ण र निष्पक्ष विश्वव्यापी शासन प्रणाली सिर्जना गर्न रूससँग काम गर्न चाहन्छ ।'

बुधबार, सी जिनपिङले चीनको अहिलेसम्मको सबैभन्दा ठूलो सैन्य परेड आयोजना गर्नेछन् । यो कार्यक्रम दोस्रो विश्वयुद्धको अन्त्यमा जापानले चीनमा आत्मसमर्पण गरेको ८० औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिनेछ ।

 

मङ्गलबार १७ भदौ २०८२ ०१:०१ PM मा प्रकाशित

प्रतिक्रिया