×

यूएईविरुद्ध नेपालको रोमाञ्चक जीत

images

काठमाडौं । अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ब्याटिङमार्फत उत्कृष्ट प्रदर्शन गर्दा नेपालले युएईलाई हराएको छ।

जिम्बावेको तकसिङ्गा स्पोर्टस क्लबमा भएको खेलमा नेपालले टस जितेर युएईलाई पहिला ब्याटिङको निम्ता दिएको थियो।

युएईले निर्धारित ५० ओभरमा ४६.५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १८१ रन मात्र जोड्न सक्यो।

जवाफी ब्याटिङमा उत्रेको नेपालले ४३.२ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।

ब्याटिङमा सुरूवातमै धर्मराएको नेपालका लागि मध्यक्रममा आएका अलराउन्डर दीपेन्द्रले उत्कृष्ट प्रदर्शनमा जित निकाल्न सफल भएको हो।

दीपेन्द्रले ७ चौका र २ छक्काको मद्धतले ८५ बलमा ७९ रन जोडे। उनलाई सन्दीप लामिछानेले साथ दिए। 

यसअघि नै विश्वकप छनोटको होडबाट बाहिरिइसकेको नेपालले वरीयताका लागि यूएईसँग भिडन्त गरेको हो । अब नेपालले आगामी मंगलबार आयरल्यान्डसँग सातौँ वरीयताका लागि प्रतिस्पर्धा गर्नेछ । उक्त खेलमा विजयी हुने टोलीले सातौँ र पराजित हुने टोलीले आठौँ वरीयता प्राप्त गर्नेछन् ।

यसैगरी यूएईले आगामी बिहीबार अमेरिकासँग नवौँ वरीयताका लागि प्रतिस्पर्धा गर्नेछ । उक्त खेलमा विजयी हुने टोलीले नवौँ र पराजित हुने टोलीले १०औँ वरीयता प्राप्त गर्नेछन् ।

आइतबार​ १७ असार २०८० ०८:५० PM मा प्रकाशित

प्रतिक्रिया