×

रास्वपा सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच नयाँ दिल्लीमा भेटवार्ता

images

काठमाडौँ- भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेसँग भारतीय परराष्ट्रमन्त्री एस जयशंकरले मंगलबार नयाँदिल्लीमा भेटवार्ता गरेका छन्। भेटपछि भारतीय पक्षले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मन्त्री जयशंकरले भेटलाई सौहार्दपूर्ण र सकारात्मक भएको उल्लेख गरेका छन्।

भेटका क्रममा भारत–नेपाल विकास साझेदारी, आर्थिक सहकार्य तथा जनजनबीचको सम्बन्धका विषयमा छलफल भएको जयशंकरले लेखेका छन्।

उनले दुई देशबीचको विकास साझेदारी र आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन यस्ता संवादहरूले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। भेटमा भारतीय परराष्ट्र सचिव विक्रम मिसरी पनि सहभागी थिए। भेटको विस्तृत एजेन्डा र छलफलका थप विवरण सार्वजनिक गरिएको छैन।

द्विपक्षीय वार्तामा भारतीय विदेशमन्त्री जयशंकरका साथै विदेशसचिव विक्रम मिस्री समेत सहभागी थिए । नेपाल-भारत सम्बन्धलाई नजिकबाट नियालिरहेका विदेशसचिव मिस्रीको उपस्थिति र लामिछानेको यो भेटवार्तालाई कूटनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ।

मङ्गलबार १९ जेठ २०८३ ०८:२७ PM मा प्रकाशित

प्रतिक्रिया