काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई भेट्न बुधबार बिहान उनको हात्तिवनस्थित निवास पुगेका छन् । एमसीसीका कारण पार्टीभित्र गहिरो मतभेद राख्दै आएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपामा महासचिव नेत्रविक्रम चन्द्र विप्लवबीच भयको भेटवार्ता लाई चासोको साथ हेरिएको छ । एमसीसीबारे श्रेष्ठ र विप्लवको एकै लाइन रहेको छ । दुवै एमसीसीको विपक्षमा रहेका छन् ।
नेकपा एमालेका नेता भीम रावलले आफू पार्टी सिद्धान्तअनुरूप नै उभिएको बताएका छन्। प्रतिनिधिसभामा पार्टीले वेल घेराउ गरिरहेका बेला एमसीसीमाथिको छलफलमा भाग लिएको...
ओलीलाई रावलको जवाफ : मन पोलेको भए आफैँ महा हिरो हुनुस्
श्रेष्ठलाई भेट्न विप्लव बुधबार बिहान श्रेष्ठ निवास हात्तिवन पुगेका थिए । भेटमा प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गर्न माओवादी केन्द्रको नेतृत्वले जबरजस्ती गरेको भन्दै राष्ट्रवादको पक्षमा रहेकाहरु एक जुट हुनुपर्ने विषयमा कुराकानी भएको नेताहरूले बताएका छन् । यता एमसीसी अनुमोदनको विषयलाई लिएर नेकपा माओवादी केन्द्रभित्र चर्किएको विवाद अझै सेलाउने छाँट देखिएको छैन ।
एमसीसी अनुमोदनको विपक्षमा उभिएका पार्टीका वरिष्ठ नेता श्रेष्ठलाई फकाउन अध्यक्ष प्रचण्ड मंगलबार हात्तीवनस्थित श्रेष्ठ निवासमा पुगेका थिए । दुई नेताहरूबीच मन माझामाझ नभएपछि प्रचण्डले आज श्रेष्ठसँग पनि छलफल गर्ने भएका छन् । भेटमा प्रचण्डले एमसीसीमा देखिएको मतभेद कायमै राखेर अरु विषयमा मिलेर जान प्रस्ताव गरेका थिए ।
प्रचण्डले सोमबार आफ्नै निवासमा गरेको पत्रकार सम्मेलनमा नारायणकाजी श्रेष्ठलाई वामदेव गौतमसँग तुलना गर्दै पार्टी छाडेर जान सक्ने सङ्केत गरेपछि श्रेष्ठ चिढिएका छन् । पूर्व एकता केन्द्र समूहका नेतासमेत रहेका श्रेष्ठले पार्टीबाट विद्रोह गर्न सक्ने सङ्केत पाएपछि प्रचण्ड मंगलबार उनलाई भेट्न हात्तीवन गएका हुन् । तर श्रेष्ठले भने आफूहरुले पार्टी विभाजनको बारेमा सोचिनसकेको भए पनि अध्यक्षले नै निस्केर जाने भए जाऔ भनेर सार्वजनिक रुपमै भनेको भन्दै गुनासो गरेका थिए ।
प्रतिनिधिसभाबाट व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णयपछि पूर्व एकता केन्द्र समूहका नेता मात्रै नभएर पूर्वमाओवादीकै नेता कार्यकर्तासमेत प्रचण्डसँग असहमत र रुष्ट बनेका छन् । पूर्वमाओवादी समूहकै कृष्णबहादुर महरा, राम कार्की, लेखनाथ न्यौपाने लगायतका नेताहरूले समेत प्रचण्डको लाइनको विरोध गरेका छन् । यही कारणले गर्दा शुक्रबार सुरु हुने केन्द्रीय कमिटीको बैठकमा घमासान पर्न सक्ने नेताहरू बताउँछन् । बैठकमा एमसीसी विरोधी पक्षले प्रचण्डमाथि प्रेसर गर्ने सम्भावना बढेको छ ।
प्रतिक्रिया