×

प्रधानमन्त्री प्रचण्ड सचिव र आयोग पदाधिकारीहरूसँग छलफल गर्दै

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न मन्त्रालयका सचिवहरुको बैठक बोलाएका छन् । उनले बिहान ११ बजे सिंहदरबारमा मन्त्रालयका सचिवहरुको बैठक बोलाएका हुन् ।

सो बैठकमा मन्त्रालयहरुको अवस्थाबारे जानकारी लिने र प्रभावकारी ढंगले काम गर्न निर्देशन दिने गरी छलफल गर्न लागिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । स्रोतका अनुसार आयोग पदाधिकारीसँगको छलफलमा राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन र मन्त्रालयका सचिवहरूसँग सुशासनबारे प्रधानमन्त्रीले छलफल गर्न लागेका हुन् । 

सोमबार १८ पुस २०७९ १०:३७ AM मा प्रकाशित

प्रतिक्रिया