×

प्रलोपा पार्टीद्वारा १५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा (सूचीसहित)

images

 काठमाडौं ।  प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले १५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ । मंसिर ७ गते घोषित प्रगतिशील लोकतान्त्रिक पार्टीको आज सोमबार केन्द्रीय कमिटी घोषणा गरिएको हो ।

केन्द्रीय कमिटीको अध्यक्ष परिषदमा ओजस्वी भट्टराई, दुर्गा सोव, सन्तोष परियार, सुदन किराती र सुरेन्द्रप्रसाद जयसवालको नाम रहेको छ । बाँकी सबैलाई केन्द्रीय कमिटी सदस्य तोकिएको हो । सो पार्टीको संरक्षकसमेत रहेका पूर्वमन्त्री जनार्दन शर्माको नाम केन्द्रीय कमिटी सदस्यमा पनि राखिएको छ ।

केन्द्रीय कमिटी सदस्यमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको भने नाम छैन । उनी संरक्षकको भूमिकामा रहने बताइएको छ ।केन्द्रीय कमिटीमा डा. अच्युत भट्ट, अनिलकुमार शर्मा, अमित खनाल, ओम शर्मा, जटिल कार्की, राजकुमार शर्मा, रजमान तामाङ, जन्मदेव जैसी, मानुषी यमि भट्टराईलगायतको पनि नाम छ ।

1234567

सोमबार १६ मंसिर २०८२ ११:५९ AM मा प्रकाशित

प्रतिक्रिया