×

तान्जानियामा विरोध प्रदर्शनमा सरकारको दमन, सयौंको मृत्यु भएको आशंका

images

काठमाडौँ । तान्जानियामा आम चुनावपछिको तीन दिनको विरोध प्रदर्शनमा सयौं व्यक्तिको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेको संख्या फरक-फरक आँकडा बाहिर आएको छ र राष्ट्रव्यापी इन्टरनेट बन्द गरिएकाले यकिन गर्न गाह्रो भएको छ ।

विपक्षी दलका प्रवक्ता चाडेमाले सुरक्षा बलसँगको झडपमा लगभग ७०० जनाको मृत्यु भएको दाबी गरेका छन् । तर विभिन्न रिपोर्टहरुले कम्तिमा ५०० जनाको मृत्यु भएको प्रमाणित भएको दाबी गरेका छन् ।

सरकारले हिंसाको स्तरलाई कम आँकलन गर्ने प्रयास गरिरहेको छ र अशान्ति रोक्न कर्फ्यू बढाएको छ । धेरैजसो युवाहरू देशभरका धेरै शहरहरूमा सडकमा उत्रिएका छन् र चुनावलाई अनुचित भन्दै विरोध गरेका छन् ।

प्रदर्शनकारीहरूले सरकारले प्रमुख विपक्षी नेताहरूलाई दबाएर लोकतन्त्रलाई कमजोर बनाएको आरोप लगाएका छन् । एक विपक्षी नेता जेलमा छन् भने अर्का प्राविधिक कारणले चुनावबाट अयोग्य घोषित भएका छन् ।

यसले तान्जानियाका राष्ट्रपति सामिया सुलुहु हसन र उनको पार्टी चामा चा मापिन्दुजी (सीसीएम) को जितको सम्भावना बढाएको छ ।

 

शनिबार १६ कात्तिक २०८२ ११:१७ AM मा प्रकाशित

प्रतिक्रिया