×

सुनको मूल्य प्रतितोला ६ सयले घट्यो

images

काठमाडौं । आज आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासघका अनुसार आइतबार सुनको भाउ १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुनको भाउ १ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासघका अनुसार आइतबार चाँदी प्रतितोला एक हजार ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ८ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार​ १६ भदौ २०८१ ०२:०६ PM मा प्रकाशित

प्रतिक्रिया