×

रुसद्वारा मुख्य पाइपलाईनबाट युरोपमा ग्याँस पठाउन बन्द

images

काठमाडौं । रुसले युरोपमा ग्याँस आपूर्ति गर्ने मुख्य पाइपलाईनहरु पूर्ण रुपमा बन्द गरेको छ । राज्य नियन्त्रित ग्याँस उत्पादक कम्पनी ग्याजप्रोमले आगामी तीन दिनका लागि भन्दै नोर्ड स्टिम वानबाट ग्याँस आपूर्ति ठप्प पारेको हो । 

रुसको सेन्टपिटर्सवर्गबाट बाल्टिक समुद्रमुनि हुँदै पूर्वी जर्मनी पुग्ने १२ सय किलोमिटर लामो यो ग्याँस पाइपलाइनबाट प्रतिदिन १७० क्युविक मिटर ग्याँस आपूर्ति हुने गर्दछ । गत जुलाइमा पनि मर्मतका लागि भन्दै यो ग्याँसलाइन १० दिन बन्द गरिएको थियो । 

रुसले युरोप जाने ग्यास परिमाण यस अघि नै उल्लेख्य मात्रामा घटाईसकेको छ । आगामी हिउँदमा युरोपमा ग्याँसको हाहाकार हुने त्रास अहिले नै छाईसकेको छ ।

साथै युरोपेली देशहरुले ग्याँसको प्रयोग घटाउने अभ्यास गरिरहेका छन् । उर्जा संकटले युरोपमा महंगी अकाशिएको छ । सर्वसाधारणको दैनिक समेत कष्टकर हुँदै गएको छ ।

बिहीबार १६ भदौ २०७९ ०१:०५ PM मा प्रकाशित

प्रतिक्रिया