×

बढ्यो सुनको मूल्य

images

काठमाडौं ।  नेपाली बजारमा अस्ति शुक्रबारको तुलनामा आज आइतबार सुन तोलामा ३ सय रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएकोमा आज आइतबार एक तोला सुनको मूल्य १ लाख ८८ हजार ८ सयमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी एक तोलामा पनि आज आइतबार ५ रुपैयाँ वृद्धि भएको छ । अस्ति शुक्रबार प्रति तोला चाँदीको १ हजार ९ सय ८० रुपैयाँ कायम भएकोमा आज १९ सय ८५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

आइतबार​ १९ जेठ २०८२ ०२:५६ PM मा प्रकाशित

प्रतिक्रिया