काठमाडौं । २५० करोड भन्दा बढी रकम हिनामिना गरी फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका तत्कालिन सञ्चालकरप्रमुख कार्यकारी अधिकृत पक्राउ परेका छन् । बाँकेमा केन्द्रीय कार्यालय रहेको बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका हुन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले उनलाई नेपाल–भारत सिमानाको बेलहीया नाकाबाट शनिबार पक्राउ गरेको हो। रायलाई यस ब्यूरोबाट खटिएको अनुसन्धान टोलीले पक्राउ गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ । करोडौँ रुपैयाँ हिनामिना भएपछि नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरी नियन्त्रणमा लिएको छ।
बैंकमा रकम हिनामिनाको आरोप लागेपछि राय फरार थिए। २०६० मा स्थापना भएको कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राय २०७६ देखि २०७९ सम्म प्रमुख कार्यकारी अधिकृत थिए।
प्रतिक्रिया