×

लामो समयको अन्तरालपछि सेयर बचारमा उच्च कारोबार

images

काठमाण्डौँ। लामो समयको अन्तरालपछि सेयर बचारमा उच्च कारोबार भएको छ । साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार नेप्से सूचक १७ अंकमाथिले बढ्दा ४ अर्ब ४ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । नेप्से सूचक भने २०४६.२९ विन्दुमा उक्लिएको छ । गत हप्ता १६१ अंकमाथिले नेप्से बढ्दै २०२९ विन्दुमा अडिएको थियो ।


आज सबैभन्दा बढी नबिल बैंकको २२ करोड ५७ लाख ४८ हजार रुपैयाँ माथिको ८५४ कित्ता सेयर कारोबार भएको छ भने नेपाल दूरसञ्चार कम्पनी (एनटीसी) को १९ करोड ८८ लाख रुपैयाँ बराबरको र हिमालय डिस्टिलरीको १५ करोड ८० लाख ३१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 


सिर्जनशील लघुवित्त वित्तीय कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ४ कम्पनीको सेयर मूल्य झण्डै १० प्रतिशतले वृद्धि भएको छ ।  आज डेभलपमेन्ट बैंक समूह र फाइनान्स समूहबाहे १२ वटा समूहको उपसूचक धनात्मक भएका छन् । 

आइतबार​ १७ पुस २०७९ ०४:२१ PM मा प्रकाशित

प्रतिक्रिया